भारतीय कस्टमले निर्माण थालेको स्वागतद्वार दशगजामा, निर्माण कार्य स्थगित

1395

लहान ।। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका – ४ ठाडी बजार नजिकै एक हप्ता अगाडिदेखि भारतीय कस्टम कार्यालय ले निर्माण गर्न लागेको स्वागतद्वार दशगजामा परेपछि निर्माण कार्य स्थगित गरिएको छ। भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य मिड प्वाइन्ट बाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै परेको पाइएको हो। विवादको अन्तिम निर्क्यौल नभएसम्मको लागि काम स्थगित गरेको र दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका प्रमुख एसपी प्रविण कडेँलले बताएका छन । एक हप्ता अगाडिदेखि भारतीय कस्टम ले स्वागतद्वार निर्माण कार्य गर्न थालेको थियो । उक्त निर्माण कार्य स्थानीयले विरोध गरेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।