पयर्टक भित्रयाउन बराहवा तालकाे सांैन्दर्य करणकाे लागि परे मेयर गुप्ता

2736

सन्तोष पौडेल रौतहट ।। रौतहट सदरमुकाम गौर स्थित बराहवा तालको स्वरुप परिवर्तन हुने पक्का हुने भएको छ । नेपाल सरकारले भिजिट नेपाल २०२० मनाई रहेको बेला नेपाली नयाँ वर्ष बैशाख १ गतेसम्म मधेशकै लामो ताल बराहवा ताल को रुपमा सांैन्दर्य करण गर्दै नयाँ वर्ष मनाउने तयारी गरी रहेको कुरा युवा मेयर अजय गुप्ताले बताएका छन् ।

बिगत समयदेखि नै बराहवा तालको संरक्षण र प्रवर्दनको लागि नेपाली सेनाले ठुलो रकमको बजेट खर्च गरी पिकीनिक थलो , बस्ने स्थान र डुंङ्खगा संचालनको लागि भनि बजेट प्रयोगमा आएको थियो तर संरक्षनको अभावले अगाडी बढ्न सकेन । स्थानीय चुनाव पश्चाप सबै मेयरका प्रत्याशीहरुले बराहवा तालको संरक्षण गर्छु भन्दै धोषणा पत्रमा उल्लेख गरेका थिए । जनस्तरबाट आएको सल्लाह र आफनो घोषणापत्र प्रत्ति इमान्दार रहि बराहवा ताल सौन्ंदर्य करणको लागि गौर नगरपालिकाको मेयर अजय गुप्ता कम्मरकशि लागेका छन ।
बिहान देखि बेलुकासम्म जनस्तरका सल्लाह स्थानिय बुद्धिजिविहरुको संलग्नता स्थानिय जनप्रतिनिधी लिएर बरावहा ताल बारम्बार गइ बन्दै गरेका कामको अनुगमन र सरसल्लाह दिदै आएका छन । बराहवा ताल संरक्षण र सौंन्दर्य करणको लागि मेयर गुप्ताले कुनै हालतमा बैशाख १ गतेसम्ममा लाखौं भारर्तीय र आन्तरिक पर्यटक भित्रआउने र रोजगारी र स्थानिय ब्यापारमा उल्लेखय फाइदा पुरियाउने हेतु काम भइरहेको कुरा रौतहट टाईम्सलाई बताएका छन् ।
लामो इतिहास बोकेको बराहवा तालले ३.१ किलोमिटर लामो रहेको तालमा सुर्य मन्दिर निर्माणको लागि १ करोड,त्यसौ गरी ताल भित्र आवतजावत गर्न नयाँ झोलुगे पुल निर्माणको लागि ६५ लाख , वालिङ्ख , भुइ पिचिङ्ख,डुङ्खगा संचालन र सौंन्दर्य करणको लागि २१ करोड गौर नगरपालिकाले बिनियोजन गरेको छ । मेयर गुप्ता बराहवा ताल संरक्षणको लागि कसैले रोकेर न रोकिने भन्दै आम नगरबासीलाई सकरात्मक सोच बनाइ पर्यटक भित्रयाउन तयार भएर बस्न अपिल गरेका छन ।