स्वार्थ पुर्ति हुन नसक्दा चरित्र हत्या गर्ने प्रयास संयोजक गुप्ता

1739

राकेश यादव रौतहट २८ श्रावण
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले आर्थिक लाभ पूर्ति नभएको कारण चरित्र हत्या गर्ने गरेको बताउनु भएको छ ।
सामाजिक संजाल फेस बुकमा आधारहीन कुरा भ्रामक सन्देशहरु पोस्ट गर्दै आएका संहारकर्मी प्रवीण टिवड़ेवालले नियत बस मेरो विषयमा तथ्यहीन आधारहीन भ्रामक कुरा लेख्दै चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन । नगर शिक्षा अधिकारीको रुपमा दरवन्दी भएको र हाल सोही नगरपालिकामा कार्यरत रहेको हुदा हुदै फरार भएको कुरा सामाजिक संजालमा लेखेर भ्रम छर्ने काम गरेको दावी गरेका छन ।
नगरपालिकाको निमित प्रमुखको जिम्मेवारी पाएको बेला प्रेस संयोजकको रुपमा रहेका टिबड़ेवालले आफ्नो जिम्मेवारी पूरा नगर पछि संयोजकबाट खारिज गरेको रिसइवीले गलत कुरा लेखेर मेरो बदनामी गर्ने गरेकोले त्यसको विरुद्ध कÞानूनी बाटो अपनाउने नगर शिक्षा संयोजक गुप्ताले चेतवानी दिएका छन ।
मोबाइलबाट कुरा गर्दै गुप्ताले आफु घर विदामा बसेको र अहिले कोरोना भाइरसको प्रकोपका कारण जिल्लामा निषेधज्ञा जारी भई सरकारी कार्यालयहरु समेत बंद रहेकोले घरमै रहेको छू गुप्ताले भने फरार भएको कुरा गलत र भ्रामक मात्र हुन ।
नगरपालिकामा उपसचिवको पद स्थापन हुने वित्तिकै आफ्नो जिम्मामा रहेको महत्वपूर्ण कागजातहरु नगर प्रमुख संतोष मेहतालाइ बुझाई सकेको भन्दै गुप्ताले आफ्नो सरुवा नभएको र नगर शिक्षा प्रमुखको पदमा कार्यरत रहेकै कारण कार्य गर्न आवशयक भएको समानहरु राखेको प्रस्ट परे ।
नगरपालिकाका केहि कर्मचारी र जनप्रतिनिधीको उसकाहटमा संचारकर्मी टिबड़ेवालले मेरो बारेमा बदनाम गर्ने उदेश्यले सामाजिक संजालमा गलत कुरा लेख्दै आएको दावी गरे । नगर पालिकाको आर्थिक अनियमिता रोक्ने कार्यमा सक्रियता देखाएको कारण केहि व्यक्ति मेरो पछि लागेको उहाको कथन रहेको छ ।
गएको फाल्गुन महीनामा खारिज गरिएको प्रेस संयोजकले आषाढ़ मसान्त सम्मको मांग गरेको तलव कानून विपरीत भएकोले दिन नमिल्ने भनी रोक्का गरेकोले मेरो चरित्र हत्या गर्ने कोशिश गरेको नगर शिक्षा संयोजक गुप्ताको जिकिर रहेको छ ।
पछिलो समय रौतहटका केहि स्थानीय तहमा प्रमुख प्रसाशकीय अधिकृतको हेरफेर तीव्र रुपमा भैरहेको देखिएको छ । संघीय सरकारका नेतृत्व गर्ने दलका नेताहरुले आफ्नो खÞुशी काम गर्न सकिने कर्मचारीलाइ निमित बनाउने नगरेकोलाइ सरुवा गर्ने गराउने खेलले रौतहटका विकास निर्माणको कार्यमा नकारात्मक प्रभाव पर्नुको साथै आर्थिक अनियमितामा बृद्धि भएको छ ।
संविधान र स्थानीय सरकार सञ्चालन सम्वन्धी ऐनले परिकल्पना गरेको उपसचिवको प्रत्येक स्थानीय तहमा स्थायित्व गर्नु पर्नेमा स्वार्थमुखी प्रमुख प्रशासकीय अधिकृत बनाउने ,पदस्थापन गर्ने ,हटाउने खेलले मुलुकको आर्थिक समृद्धि तर्फ उनममुख नगरी आर्थिक अनियमितता तर्फ धकेलिने भएकोले संघीय सरकारका सघीय मामिला तथा सामान्य प्रशासन मंत्रालय र स्थानीय विकास मंत्रालयले ध्यान पुर्याउनु जरुरी रहेको छ ।संगमखबर डटकमबाट सभार गरिएको छ ।