दलित समुदायको एक जनाको मृत अवस्थामा शव फेला

1364

रौतहट, १५ मंसिर । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको एक जनाको मृत अवस्थामा सोमवार विहान शव फेला परेको छ ।
माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको विचमा स्थित बाँसघारीमा आज विहान ४५ वर्षिय पुरुषको शव देखेपछि प्रहरीलाई स्थानीयले खवर गरे ।
नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका दलित समुदायका ४५ वर्षिय दशै राम चमारको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने संभावना रहेको प्रहरीको अनुमान गरेको रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।
जानकारी पाउना साथ घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिदै एसपी शाहले मृतक चमारको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाइएको छ । अनुसन्धान जारी रहेको उनले बताए ।