धर्मेन्द्र कुमार साह
रौतहट ७ कार्तिक २०७८
त्यो राति अबेर सम्म पनि मेरो निद्रा आएको थिएन l म सुत्ने साँघुरो कोठाको भित्तामा झुण्ड्याइएको पुरानो देवाल घडि भित्रको सेकेण्डको सुईको गतिले निकालेको टक टकको मसिनो ध्वनि पनि अप्रिय लाग्दै थियो l सुनसान प्रहारले होला,घडिको सुईको ध्वनि पनि महसुस हुदै थियो l मनमा भन्ने एक अपरिचित प्रश्नले लगातार प्रश्न गरि राख्ने ,अनि फेरी मनले नै आफ्नै उतार खोज्दै गर्ने l तर सबै जवाफमा फेरी प्रश्न l ति प्रति प्रश्नको जवाफ सोच्दा मन खिन्न हुने l
साग भात खाएको राति सहरलाई निद्रा लाग्दैन रे l यहा मेरो गाउहरुमा खालि सुख्खा रोटि र भातको पनि अभाव छ l पिज्जा, बर्गर, मसरुम, संगै केहि तरल पनि खोज्छन यो सहर l सुनको मूल्य घटेको चर्चा गर्ने यो सहरमा पानि पिउन नसकेको वस्तीको कथाले छुदैन l न कर्णालीको अभावले छुन्छ न त् मधेशको चित्कारले l यिनै कुराहरु खेली रहदा गाउले सहरलाई गरेको सेवाहरु पनि स्मरणमा आउन थालेको थियो l मेरै घर छेउको लाल बहादुरहरुले होइन सहर बनाएको ? रात बाक्लिदै थियो , तर मेरो मनले काल्पनिक साझको चित्र कोर्दै थियो l धपक्क बलेको सहर ,सुरा र सुन्दरीमा मस्त हुनै लागेको सहर , मोटर गाडिको अन्यन्त्रित भिड बोकेको सहर l दंग देखिएको सहर l गाउको अभाव, कष्ट ,पिडाबाट बेखबर सहर l साझ भएको छ ,सहर थाकी सकेको छ l उसको लागि विलासी भवनहरु ठ्ड्याइएका छन् l थकित सहर भोग विलासमा लिप्त हुदै छन् l कोकाकोला र बियरका बोतलहरु रित्तिदै छन् l उसलाई मेरो राम जी चाचाको घरमा भात नपाकेको बिसयले सरोकार राख्दैन l उसलाई चनर दिपिया चाचिको घरमा दिया नबलेको बिसय थाहा छैन l मतलब पनि छैन l सहरका साझहरि बिस्तारै रात हुदै छ l गाउ सुत्दै छ तर सहरलाई निद्रा छैन l भोकै गाउ भुइँमा सुतेको छ , अघाएको सहरलाई महलमा निद्रा छैन l
मेरो गाउको मुसहर वस्तीमा सुख्खा रोटि संग खान नुनको अभाव छ ,हाम्रै सहरहरूले तन्दुरी र डिजर्टमा रमाएको छ l ३० बर्षमै बुढो भएको रामदेव काकाहरुको कथा तथा ५५ बर्षको उमेरमा समेत आसाम र कालापानी जाने राम्देनी काकाहरुको कथाले सहरलाई कहिले छुन सकेको छैन l सहाराले प्रिती जिन्टा दुब्लाएकोमा दुखि छ l सहर त् शाहरुख खानको रा वनले राम्री कमाउन नसकेकोमा दुखि छ l सहर त् बजारमा ब्रान्डेड कपडा नपाएकोमा चिन्तित छ l
रातिको १२ बज्यो l मेरो निद्रा अझै आएको छैन l बाहिर भन्ने कार्तिके झडि सुरु हुने सुरसार l हावा बगेको छ l टिप् टिप् पानि पर्दै छ l आकाशमा कालो बादल छ l त्यो कालो बादल भन्ने गाउलाई तर्साएको छ l अशाढ श्रवानामा गाउलाई प्रफुलित बनाउने कालो बादलले कार्तिकमा गाउलाई डराएको छ l मेरो चाचालाई पनि निद्रा लागेको छैन l उसलाई उसको खेतको धान गल्ने डर l निद्रा त् सहरलाई पनि लागेको छैन l तर सहर भन्ने त्यो कालो आकाश, बग्दै गरेको भयंकर र डरलाग्दो हावाहुरी तथा सुरु भएको बुँदा बुन्दिले डराएको छैन l महल भित्र न त् बाहिरको हावा छिरेको छ न त् पानि चुहिने डर l सहरलाई मेरो गाउको भोला भाईको खेतको पाकी सकेको धान गलेकोमा कुनै चिन्ता भाव छैन किन भन्ने सहरलाई ब्रान्डेड इन्डिया गेटको चावल भए पुग्छ l
मेरा गाउहरुको कयौ शवहरु बाकसमा बन्द भएर आउदा समेत मतलब नराख्ने सहरले आफुलाई भन्ने श्रेष्ठ ठानी राख्छन l
हिमपातमा रमाउने सहरहरुलाई तराइमा गाउमा चल्ने शितलहर संग कुनै वास्ता छैन l किन भन्ने सहर श्रेष्ठ हो रे l किन भन्ने कुलीन, सभ्य ,शिक्षित व्यक्तिहरुको वास स्थान हो सहर l
सलमान खानको बिहे नभएकोमा टाउको दुखाउने सहरहरु निस्फ्करी छन् l बेसरोकार छन् गाउका कथाहरु संग l काठ्माण्डौलाई मेलम्चीको पानिको चिन्ता र चासो त् छ तर काठमाण्डौलाई मेलम्चीको पानिको लागि रिण बोक्ने गाउको राम लखन काकाहरुको कुनै सरोकार छैन l
सहरका गोष्ठीहरुमा सहाराले फुर्ति संग भन्छन ” गरिबको आखामा आशु आउन दिदैन” तिनै गोष्ठीहरुमा राम लाल , राम लखन र चनरदिपियाहरुको अस्तित्व स्वीकार गर्दैन l
हैट स्वार्थि सहर !
सोच्दा सोच्दा निद्रा आउन थाल्छ l म निदाउ छु l