बिरगंज ।। आज विश्व रेडियोग्राफी दिवस । हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । सो कार्यक्रम महानगर बिरगंज जिल्ला पर्सा भएको थियोे ।कार्यक्रमको अवसरमा रेडियोग्राफी अध्यनरत नंया बिद्यार्थी हरु लाई टीका ग्रहण गरि सम्मान /दिप प्रज्जवलन गरि उक्त दिवस मनाईयो। आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ । एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ ।

अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।

प्रमुख अतिथि अफसर अलि नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रिय सदस्य बिशिष्ट अतिथि :- लाल बाबू चौधरी (द हिमाल ईन्स्टिच्युट अफ टेकनिकल हेल्थ साईन्स का प्रशासकिय अधिकृत ) अध्यक्षता :- प्रदिप शाह(नेपाल रेडियोलोजिकल सोसाइटी का प्रदेश न:-२ को सन्योजक) उपस्तिथि:- नेपाल रेडियोलोजिकल सोसाइटीका प्रदेश कमिटीका सदस्य मो.रेहताज आलम ,राम नरेश महतो लगायत को उपस्तिथि रहेको थियो ।