गौर अस्पताल हराभरा बनाउन : अध्यक्ष

2542

राैतहट ।। जिल्लाको चर्चित रहेको गौर अस्पताल विगत धेरै वर्ष देखि चलिरहेको गौर जिल्ला अस्पताललाइ व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।

अस्पताल विकास समितिमा गौर नगरपालिका वड़ा नम्बर ६ का वड़ा अध्यक्ष तथा नगरपालिकाको प्रवक्ता शेख जमशैद अध्यक्ष नियुक्त भएपछि अस्पतालको अवस्था सुधार गर्ने तरफमा लागि परेका हुन ।

सरसफाईको निरंतरता दिइएको छ । विरामीहरुको लागि बस्ने व्यवस्था समयमा कर्मचारीहरुको समयमै लगायतका विषयहरुमा सुधार गर्ने प्रयास गरिएको अध्यक्ष जमशैदले बताएका छन ।

जिल्ला अस्पताल परिसरमा हराभरा बनाउनको लागि आज फूल रोपिएको छ । स्वच्छ बातावरण तथा आकर्षणको लागि अस्पताल परिसरमा विभिन्न किसिमका फूलको वोट रोपिएको हो ।

गौर नगरपालिकाका प्रमुख अतिथिमा अजय कुमार गुप्ता , समाजवादी पार्टीका केंद्रीय सदस्य रेवंत झा , राजपा नेपालका केंद्रीय सह महासचिव अनिल कुमार सिंह ,ओमप्रकाश शाह मधेशिया, अस्पतालका डाक्टर कृष्ण साह र मिसन नेपालका रौतहट अध्यक्ष त्रिभुवन ओझा लगायतका व्यक्तिहरुले फूल रोपेका छन ।