प्रदेश २ मा आइतवार सार्वजनिक विदा

2333

प्रदेश २ मा आइतवार सार्वजनिक विदा हुने भएको छ । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९ औ जन्मजयन्तीको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

‘जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासन सहितको समाजिक विकास मार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस भन्ने कामना गर्दछु,’ मन्त्रालयद्धारा जारी पत्रमा भनिएको छ ।