प्रभातकुमार झा
रौतहट, २ मंसिर । नेपालमा प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाइएर चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिमापारी भारतीय बजारबाट चोर बाटो भएर भरियाहरुले ल्याएको प्याज संकलन गरेर मुलुकको ठूला शहरमा पठाएर बढी मुनाफा कमाउने उद्देश्यबाट भण्डारण गरिएको प्याज रौतहटको फतुवा विजयपुर नपाको डुमरिया स्थित एक घरमा लोड भइरहेको जानकारी पाउना साथ सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले आइतवार राति बरामद गरेको हो ।

ना २ ख ६३०४ नम्बरको ट्रकमा लोडगरी लैजादै गरेको प्याज ९ हजार ५ सय ५० किलो प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक रोबीनराज कर्णजितले जानकारी दिए । सशस्त्र प्रहरीको घेरामा पर्न थालेपछि ट्रक चालक सहित प्याजको साहु भाग्न सपल भएपछि बेवारिसे अवस्थामा बरामद भएको भन्दै आवश्यक कारवाहीका लागि प्याज सहित ट्रकलाई गौर भन्सार कार्यालय बुझाएको बताए । बेवारिसे अबस्थामा वरामद भएको प्याज सहित ट्रकको ३४ लाख ५५ हजार मूल्य मूयांकन गरेर भन्सार कार्यालयको जिम्मा लगाएको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ गण रौतहटले २०७६ साल कार्तिक महिनामा अबैध चोरी निकासी पैठारीको क्रममा ५९ लाख १ हजार ७ सय १५ रुपैया बराबरको समान बरामद गरेको जनाएको छ ।
गएको श्रावण महिना देखि मंसिर १ गते सम्म अबैध रुपमा चोरी निकासी पैठारीको १ करोड ७५ लाख ४० हजार ६ सय ७ रुपैया मुल्य बराबरको समान भन्सार कार्यालय बुझाएको एसपी कर्णजितले जानकारी दिए ।