देवाही गोनाही नगरपालिकाको पाचौं नगर सभा सम्पन्न

1179

रौतहट ,२५ असोज । रौतहटको देवाही गोनाही नगरपालिकाको पाचौं नगर सभा सोमबार सम्पन्न भएको छ । सो कार्यक्रम नगरपालिकाको आफनौप्राङ्गणमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन भएको छ । सरकारले तोकेको अनुसार सबै पालिकाले समयमा नगर परिषद गर्नु पर्ने रहेको थियो तर बिभिन्न कारणले हुन नसकेको देबाही गोनाही नगरपालिकाको नगर सभा सोमबार मात्र सम्पन भएको हो ।

नगर प्रमुख धरमेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०७८ ÷२०७९ मा नगरको समग्र बिकासका लागि ४९ करोड ८६ लाख १५हजार आयब्याय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो पाचौं नगर सभाबाट ४९ करोड ८६ लाख १५हजार रुपया बजेट पारित गरेको छ । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

May be an image of 7 people, people sitting and people standing

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र चन्द्रबंसीले जानकारी दिनु भयो ।

कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा सबै बडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।