रौतहटमा लागुऔषधसहित एक युवक पक्राउ

84

रौतहट, १३ असार २०८२ — रौतहटको गौर नाकामा प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान १०:३० बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँचको क्रममा निल कुमार थापा मगरलाई शंका लागेर रोकेको थियो।

स्याङ्जाको हरिबन गाउँपालिका–४ निवासी ३१ वर्षीय थापा मगरको साथबाट नोफिन, सेरिज्याक र फेनार्गन गरी जम्मा १५० एम्पुल लागुऔषध र एउटा मोबाइल बरामद गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो।

थापालाई लागुऔषध सम्बन्धी मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।