रौतहट २६ असोज // मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा कार्यालय रौतहटको आयोजनामा शुभ कामना अदान प्रदान कार्यक्रम मंगलवार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ! हिन्दुहरुको महान पर्व बडा दशैँको अवसरमा एक अर्कालाइ शुभकामना दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा मानव अधिकार संगठन नेपालका जिल्ला संयोजक टेक बहादुर चौरेलले अहिले मानव अधिकारको घटनामा वृद्धि भएको बताउनु भएको छ ! प्रमुख आतिथिको आसन्न बाट सम्वोधन गर्दै चौरेलले मुलुकमा बढेको राजनीतिक अस्थिरताले गर्दा दण्डहिनता बढेको टिप्पणी गरे !
मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले महिला हरुको अधिकारको लागि आवाज उठाउने र न्यायको लागि सहयोग गर्ने उदेश्यले स्थापना गरिएको सस्था मेची महाकाली बुहारी संयुक्त आवाज रहेको बताए ! सस्थाले दिएको जिम्मेवारी इमान्दारिता पुर्वक निर्वाह गर्दा सस्थाले मुल्यांकन गर्ने भएकोले आ आफ्नो क्षेत्रमा पिडितको लागि काम गर्न सवै महिला अधिकारकर्मीहरुलाई आग्रह गरे ! सामाजिक , आर्थिक , राजनीतिक रुपमा पछि परिएका महिलाहरुको हक अधिकार स्वतन्त्रताको निमित आवाज बुलन्द गरिनु पर्ने जोड दिए ! घरेलु हिंसामा परेका महिलाहरुलाई पीडक विरुद्ध कानुनी उपचारमा लाग्नु पर्ने सुझाव दिदै पाठकले न्याय नपाएमा सडक संघर्ष गर्न तयार रहनु पर्ने बताए !
महिला बाल बालिका माथि विभिन्न किसिम का घटना हुने गरेकोले नेपाल सरकार , प्रदेश सरकारले सुरक्षाको प्रत्याभूति गराउनु पर्ने माग समेत गरे ! घरमा ,सडकमा पनि महिलालाइ बस्न र हिड्न असुरक्षित हुने अवस्था रहेको जिकिर गर्दै पाठकले आफ्नो मौलिक हक अधिकारको महिलालाई शसक्त हुनु पर्ने औल्याए ! घरमा पिडा सहनु कानुन विपरित भएकोले अन्यायको विरुद्ध आवाज बुलन्द गर्नु पर्ने एक मात्र विकल्प रहेको बताए ! उहाले सर्लाही जिल्ला शाखाले गर्दै आएको कार्य प्रति धन्यबाद ज्ञापन गर्दै अझै सस्थाको गरिमा माथि उठाउन सक्रिय रुपमा लाग्नु पर्ने जोड दिए !
सस्थाका प्रदेश स संयोजक अन्जना पन्त कडरियाले संचालन गरेको कार्यक्रममा अनुराग कला केन्द्र काठमान्डौबाट आएकी गायिका वर्षा दासले सचेतना मुलक गीत प्रस्तुत गरेको थियो ! शुभकामना अदान प्रदान कार्यक्रममा सस्थाको सर्लाही जिल्ला शाखाका गंगा भण्डारी ,राधिका अधिकारी लगायतका उपस्थति रहेको थियो