दुर्गा भगवती वडा नं. २ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न

846

रौतहट ३१ श्रावण । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं–२ भलोहिया रौतहटमा नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) को वडा भेला सम्पन्न भएको छ । सो भेला दुर्गा भगवती गाउँपालिका वडा नं—२ का वडा प्रत्यासी रमेश महतोको अध्यक्षतामा २९ सदस्यीय वडा समिती गठन गरिएको हो । भेलाले अध्यक्षमा विरेन्द्र पाण्डे तथा सचिवमा गौरीशंकर यादवलाई चयन गरेको माओवादी केन्द्रका युवा नेता तथा दुर्गा भगवती गाउँपालिका वडा नं—३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) रौतहटको सो वडा भेलामा विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका दलित जनजाती पार्टीका भरत दास, दिनेश दास, काग्रेसका राजकिशेर महतो, जनता समाजवादी पार्टीका बलिराम पाण्डे, रामप्रवेश पाण्डे, सुरेश महतो, गौरीशंकर यादव, रोहीत बर्मा रहेका छन् । आईबार सम्पन्न सो वडा भेलामा माओवादी केन्द्रका दुर्गा भगवती गाउँ कमिटी अध्यक्ष शम्भु सिंह, लगाएत सयकडौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।