बैरागी हत्याको आरोपित १० वर्ष पछि पक्राउ

678

रौतहट २७ साउन
रौतहट जिल्लाका ख्याती प्राप्त अन्तरास्ट्रिय कुस्ती खिलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न भएको थप एक जनालाइ रौतहट प्रहरीले घटना भएको १० वर्ष पछि पक्राउ गरेको छ ।
देशको लागि योगदान पुर्याएका दक्षिण गोर्खाबाहूबाट सम्मानित खिलाडी बैरागीको गोलि हानी हत्या गरि फरार रहेका आरोपितलाइ रौतहट प्रहरीले पक्राउ गरि कानुनको हाथ लामो हुन्छ भने कथनलाइ सिद्ध गरेको छ ।
बैरागी हत्या काण्डको निष्पक्ष छानविन हुनु पर्ने माग विगत केहि दिन देखि जोडदार रुपमा उठी रहेको बेला प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले फरार रहेका आरोपितलाइ नियन्त्रणमा लिएर न्याय पाउने आशा गुमाएका पिडित परिवारलाइ न्याय पाउने पुनः आशा जगाएका हुन् ।
२०६८ साल अषाढ २३ गते राति करिव ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर ८ स्थित आफनो घरमा बसिरहेका कुस्ती खिलाडी बैरागीलाइ बोलेर सोहि ठाउमा रहेको राम मन्दिर अगाडी गोली प्रहर गरि हत्या गरिएको थियो ।

बैरागीको हत्यामा तत्कालिन नेकपा माओवादी पार्टीका कार्यकर्ताको संलग्नता रहेको भन्दै पिडित परिवारले दिएको जाहेरीको आधारमा प्रहरीले प्रेमपुर् गोनाही बस्ने जगरनाथ यादव र सर्फलाल महतोलाई नियन्त्रणमा लिएर अनुशन्धानको प्रक्रिया बढाए पनि अन्य आरोपित फरार भएको थियो । राजनीतिक आडमा निष्पक्ष रुपमा तथ्यमा आधारित अनुसन्धान नभएको कारण पक्राउ परेका दुवै जना अदालतबाट रिहा भएको थियो ।
घटनामा संलग्न भएको मध्ये फरार रहेका तिन जनामा एक जनालाइ रौतहट प्रहरीले गा वि स प्रेमपुर गोनाही ३ हाल देवाही गोनाही नगरपालिका ७ बस्ने जगदेव हजाराको छोरा सोन्फी पासवान भन्ने सोन्फी हजारालाइ पक्राउ गरि दविएको मुद्दालाइ पुनरताजगी गरेको छ ।
गौर नगरपालिका वडा नम्बर ५ स्थित सडकमा हिडडुल नगरिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिएका छन् ।

मृतकको पत्नी राम कुमारी देवीले दिएको जाहेरी दरखास्तको आधारमा दायर भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त पासवान पक्राउ परेको प्रहरीले जनाएको छ । पिडित परिवारका अनुसार २ जना अझै फरार रहेको र उनीहरु गाउमा बस्दै आएको बताएका छन् । माओवादी पार्टीका समर्थक रहेका दुवै जना गाउमा निर्धक्क रुपमा घुमफिर गर्ने गरेकोले उनीहरुलाई पनि पक्राउ गर्नु पर्ने माग समेत गरेका छन् ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालमा भएको आठौ एशियाली खेकुदमा बैरागीले नेपाललाइ कश्य पदक दिलाएका थिए ।
बैरागीको योगदानलाइ कदर गर्दै पिडित परिवारलाइ क्षतिपूर्ति स्वरुप १० लाख रुपैया उपलव्ध गराउने सरकारले निर्णय गरेपनि पिडितले हाल सम्म उक्त रकम पाउन सकेको छैन ।
बर्दत पछि फरार रहेका अभियुक्त मध्ये पक्राउ परेका पासवानबाट थप रहस्य खुल्न सक्ने स्थानीयको विश्वास बढेको छ । पक्राउ परेका पासवानबाट गहन रुपमा छानविन गर्न पिडित परिवारले रौतहट प्रहरीबाट आग्रह गरेका हुन् ।