हप्ता नबित्दै भत्कियो !

1255

अमित ठाकुर।रौतहट।असार ०२ । रौतहट सबै भन्दा पुरानो नगरपालिकामा असाढे बिकाश सुरु भएको हो। गौर नगरपालिका वडा ४ मा वर्षा सुरु अगावै ३६ लाख बराबरको सडक ढलान भएको हो। सडक ढलालको एक हप्ता न बित्दै भत्किन थालेको हो। गौर नगरपालिकाले ०७७/०७८ को बजेट तर्जुमामा गौरको मधेशी क्रान्ती चौकमा स्मृति टावर निर्माणका लागि बजेट बिनियोजण गरेको थियो। गौरको मुख्य चौकको रुपमा रहेको मधेसी क्रान्ति चौकमा स्मृति टावर निर्माणकार्य सुरु भए संगै नेपाली कांग्रेसका कार्यकर्ताले सो कार्यलाई रोक्न जिल्ला प्रशासन कार्यालयमा बिज्ञप्ती समेत दिएको थियो। सो स्मृति टावरको बजेट रकामान्तर गरि गौर नगरपालिका वडा नंबर ४ टिकुलियामा रहेको माध्यमिक बिधालयको उत्तरपट्टी रहेको सडक ढलानमा खर्चेको हो। सडक ढलानको उपभोक्ता समिति गठन गरि सो सडक ढलान भएको स्थानीयले जनाएको हो। सो सडक ढलानको उपभोक्ता समितिका अध्यक्ष सचिन कुमार साहले सो सडक ढलान भईरहेको ठाउँमा बिना लागत बोर्डको सडक ढलान गरि अनियमितता गरेको स्थानीयले बताउँछन् । बिना स्टिमेट बोर्डको १ हप्तामै सडक छेउमा माटो पुर्ने र ग्रेभल गरि सडक ढलान गरेको स्थानीयले बताउँछन् । ठेक्केदारले सडक ढलानको कार्य सम्पन्न गरेको भोलि पल्ट सडक भत्किएको स्थानीयहरुले बताउँछन्। ठेकेदारले भत्किएको सडकलाई ढाकछोप गर्न मर्मत गरेको स्थानीयले बताएका छन। यस बिषयमा सोही वडाका वडा अध्यक्ष भुनेश्वर साही संग सोधपुछ गर्दा सो सडक ढलानको बेला म स्वम उपस्थिति थिए तर दुवै सडक छेउमा सडकको चौडाउ कम रहेको हुँदा दुवै तर्फ १.५ फिट माटो पुरी ढलान गरेको र बर्षाको पानीले सडक भत्काई दिएको हो। सो सडकको ढलानको रकम नगरपालिकाले आफै बिनियोजन गरेको वडा अध्यक्ष शाहीले बताए । यस्ता सडक ठेकेदारलाई तुरुन्तै कार्वाही गर्न स्थानीयले संबंधित निकाय संग माग समेत गरेका छन्।