पत्रकार पटेललको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध ।

697

रौतहट, ६ असार ।
अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत वितरण गरेको छ ।
शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै गरेको अवस्थामा सदरमुकाम गौरबाट लगभग २० किलोमिटर सम्म ग्रामिण भेगमा असहाय पीडित परिवारलाई घर घरमा पुगी राहत वितरण समाजिक अभियान्तले ७ जनालाई गरेको हो ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नं ७ का बिसुन्दयाल मुखिया बिन, राजपुर नपा वडा नं ६ मा बस्ने रोकशाना लहेरनी, एकल महिला तईबुन नेसार, एकल महिला सहिरा खातुन, परोहा नपा वडा नं ८ सुखिया देवी चमार, वडा नं ९ रामपुर टोलमा बस्ने दलित अपाङ्ग महिला र अर्को सोही वडामा बस्ने शारीरिक अवस्था धेरै कमजोर एवं धेरै रोगबाट ग्रसित जगत राउतलाई गरि आज ७ जना अति विपन्न, गरिब, मजदुर, असहाय, एक महिला अपाङ्ग लगायतलाई परिवारहरूको बारेमा समाजिक संजालमा केही दिन अगाडी रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश मिडिया प्रा.लि.का अध्यक्ष जिल्लाकै युवा प्रख्यात पत्रकार समाजिक अभियान्ता अभिमनु कुमार पटेलले उहाँहरुको परिवार अवस्था बारेमा लकडाउनमा एक छाक खाना खान धौउधौउ भइरहेको पोष्ट गरेको थिए ।
पीडितहरुको बारेमा जानकारी हुने बितिकै जिल्लाकै फतुवा बिजयपुर नपा वडा नं ८ निवासी हाल अष्ट्रेलियामा कार्यरत मुकेश कुमार यादवले आफनो व्यक्तिगत तर्फबाट आर्थिक सहयोगी उपलब्ध गराएका छन । सो रकमबाट कोभिड १९ को दोस्रो लहरको चपेटमा परि खानाको लागि धेरै समस्याको सामना गरी परिरहेको ७ जना अति विपन्न परिवारलाई चामल २५ केजी, आलु ५ केजी, प्याज ५ केजी, दाल २ केजी, सोयाबीन १ केजी, खानेतेल २ केजी, १ पाकेट नुन, नुहाउने साबुन ६ पिस र कपडा धुने साबुन ६ पिस राहत सामाग्री पत्रकार पटेलले घरमै लगेर पुर्याएका हुन ।

निषेधाज्ञाकै समयमा रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोलमा जन्मिएको अभिमनु कुमार पटेलले पत्रकारीताको साथसाथै समाजिक अभियान्ताको रुपमा पनि स्थापीत बनेको छ ।
निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको भोक मेटाउने अभियानको शुभारम्भ गरेको पटेलले विभिन्न दातृ निकायसँग आग्रह, अनुरोद गरी खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

पत्रकार पटेलले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण तथा स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो । नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परिवारको दैनीकी सहज बनाउन विभिन्न स्थानका २० परिवारलाई खाद्यान्न सामाग्री वितरण पटेलले गरेका हुन ।