प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख ?

1765

काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।
 

मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको छ । 

गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो । हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षिय अविवाहित मोहम्मद नौसादबीच कायम विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ । 

हत्याको घटनासँगै परिवार सदस्यले घरबाट २२ लाख हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो । 

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसँग इश्वरी र श्रीमानले घर बनाउन १२ लाख सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख ऋण लिएका थिए । हाल उक्त रकम हराइरहेको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।