रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविको धान्दै आएका परिवारलाई युवा समाजसेवी जितेन्द्र कुमार दासले खाद्यान्न वितरण गरेका छन् ।
युवा समाजसेवी जितेन्द्र कुमार दासले दुर्गा भगवती गाउँपालिका वड नं. २ भलोहियामा रहेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका घरपरिवारलाई आज शनिबार खाद्यान्न वितरण गरेका हुन् ।
खाद्यान्न वितरण कार्यक्रममा युवा समाजसेवी दासले भने, ‘दैनिक ज्यालादारी गरी जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’ आरूको ध्यान अस्पताल बेड र अक्सिजनमा छ भने मेरो ध्यान अतिविपन्न, गरिब माथी रहेको कुरा उनले बताए । आफ्नो टोलको मानिसहरू भोकभोकै भएपछि राहत वितरणको काम थालिएको युवा समाजसेवी दासले बताए । ‘गरिबप्रति कसैको ध्यान पुगेको छैन । धेरै मानिस भोकभोकै छन्,’ उनले भने, ‘यस्तो अवस्था भएपछि थोरै जनालाइ भएपनि म आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न वितरण गरेका छौं ।’
युवा समाजसेवी दासले प्रति परिवार १५ किलो चावल, १ किलो दाल, २ किलो नुन, आधा लिटर खाने तेल, ३ वटा लायबोयाए साबुन, सोयाविन १ किलो लगायतका सामाग्री वितरण गरेका छन् ।
लकडाउनको समयमा अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारीहरु भोकै बस्न नपरोस भन्ने हिसाबले सो खाद्यान्न बितरण गरिएको युवा समाजसेवी दासले बताए।