प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आसियु न भेन्डिलेटर न दक्ष डाक्टर !

1445

अमित ठाकुर।रौतहट।जेष्ठ २। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा नल्याई अस्पतालका बाहिरी दृश्य चम्काउने र तलब भत्तामा खर्च हुने स्थानीयले बताएका छन्। रौतहटमा दिनानुदिन संक्रमितको संख्या थपिदै जाँदा अस्पतालमा अक्सिजन बाहेकको सुबिधा नहुँदा बाध्यता बस बाहिर रेफर गर्ने गरेको अस्पताल स्रोतले जनाएको हो। जिल्ला अस्पताल गौरका उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष तथा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजिन्द्र महतोले गर्नु भएको थियो। उद्घाटनको लगभग १० बर्ष हुन लाग्दा पनि अस्पताल जस्ताको त्यस्तै रहेको स्थानीयबासिन्दाले जनाएको हो। नामको लागि मात्र तीन तल्ले भवन सहितको अस्पतालमा केही सुबिधा नरहेको र अस्पतालमा ठुलो राजनितीकरणले गर्दा दक्ष डाक्टरहरू अस्पतालमा बस्न नचाहेको यहाँका बुद्धिजीवीहरुले बताउँछन्। अस्पतालका पुरानै भवनको उपचार राम्रो रहेको र अहिले नयाँ भवन रेफर अस्पतालको रुपमा चिनिएको स्थानीयले बताउँछन् । जिल्ला अस्पताल गौरमा दक्ष डाक्टरहरूको आगमन हुँदा पनि डाक्टरकै दवाब र ब्यवस्थित नहुँदा फर्किएर गईदिने स्थानीयले बताउँछन् ।जिल्लामा १८ पालिका हुँदा पनि महिनौंदेखि राखिएको आईसियु भेन्डिलेटर र एचडियु संचालनमा नआएको स्थानीयले बताउँछन् । जिल्लामा दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजनको भरमा उपचार भईरहेको र पछि अवस्था गम्भीर हुँदा सुबिधा नहुँदा बाहिर रेफर गरिरहेको संक्रमितका आफन्तले जनाएको हो। अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा गोपाल गुप्ताका अनुसार अहिले कोरोनाको दोस्रो लहरमा संक्रमितले घरमै बसि उपचार गराई रहेको पछि अवस्था गम्भीर हुँदा अस्पतालमा उपचार गराउन आईरहेका छन्। संक्रमितको अवस्था गम्भीर हुँदा कोभिड -१९ यो यस्तो भाईरस हो जो संक्रमितको फोक्सोको विभिन्न भागमा प्वाल गरिदा बचाउन नसकेको र रेम्डिशिभिर सुई उपलब्ध नहुँदा संक्रमितलाई बचाउन झन अप्ठ्यारो भईरहेको अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा .गोपाल गुप्ताले जनाएको हो। कतिपय संक्रमितलाई उपचार गर्न खोजेता पनि अब्यवस्थित अस्पतालको कारण संक्रमितको उपचारमा समस्या भईरहेको डाक्टर गुप्ताले जनाएको हो ।बिश्वब्यापीमा फैलिएका दोस्रो लहरको कोरोनाले गर्दा राजधानीको तुल्नामा सानै रहेता पनि रौतहटको अस्पताल सुधारका लागि रौतहटका युवाहरुले नयाँ कदम चालेका छन्। जिल्ला विभिन्न क्षेत्रमा राजनीतिकै राजनिक हुँदा स्वास्थ्य क्षेत्रमा राजनितिक नहुँन दिन रौतहटका युवाहरुले हाम्रा अस्पताल राम्रा अस्पताल भन्ने नाराका साथ अस्पताल सुधारका लागि राम्रो कदम चालेका स्थानीयबासिन्दाले बताएका छन्। जिल्ला अस्पताल गौर द्वरा संचालित अस्थायी कोभिड अस्पतालमा संक्रमितहरुको उपचारत डाक्टर, नर्सको एउटा कार्य क्षेत्र र रहनका लागि ब्यवस्थित ठाउँ नहुँदा संक्रमन फैलिने डर झन भईरहेको डा. गुप्ताले जनाएको हो। जिल्ला अस्पताल गौरका ब्यवस्थापन समितिका अध्यक्ष र मे.सु गाउँले हुँदा अस्पताल सुधारका लागि कुनै ध्यान नदिएको स्थानीयबासिन्दाले जनाएको हो। जिल्लामा अक्सिजन प्लान्ट नहुँदा बिरगंजबाट अहिले अक्सिजन ग्यास आईरहेको अस्पताल स्रोतले जनाएको हो। अस्थायी कोभिड अस्पताल गौरमा खालि भएको अक्सिजन सिलेन्डर बिरगंज पठाई क्युमा लागेको अस्पताल स्रोतले जनाएको हो। अहिले अक्सिजन ग्यास पुर्ण रुपले ब्यवस्थापन नहुँदा पनि कोरोना संक्रमितलाई थप उपचारका लागि आईसियु,भेन्डिलेटर र एचडियुलाई संचालनमा ल्याउन डाक्टरहरूले मांग गरेका छन्। जिल्लामा दिनानुदिन संक्रमित थपिदै र मृत्यु दर बढ्दै जाँदा जिल्लामा कुनबेला कस्तो अवस्था आउने भनी तुरुन्तै आईसियु,भेन्डिलेटर, एचडियु सुचारु गर्न डाक्टरहरुको भनाइ हो। अस्थायी कोभिड अस्पताल गौरका कोर्डिनेटर डा.गुप्ताले कोभिडमा खटेका बिज्ञ डाक्टरहरु संग सल्लाह सुझाव दिनदिनै लिई संक्रमितहरुको उपचार गरि रहेका छन्।