रौतहट । रौतहटको एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा टावर लाईटको शिलान्यास भएको हो । प्रदेश नं. २ का भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झाले एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा एक समारोह बिच बिधिवत रुपमा टावर लाईटको शिलान्यास गरेका हुन ।
दुर्गा भगवती वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाको विशेष पहल तथा जनचाहना अनुसार प्रदेश नं. २ का भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झाको विकास कोषबाट कुल १५ लाख रुपैया बरावरको लागतमा टावर लाईटको निर्माण हुनलागेको हो ।
टावर लाईट निर्माणले दुर्गा मन्दिरमा बेलुकाको समयमा पुजा दर्शन गर्न भक्तजनलाई सहज हुने उदेश्यले सो लाईटको शिलान्यास गरिएको दुर्गा भगवती वडा नं. ३ का वडा अध्यक्ष झाले बताए ।
मेलाको समयमा राताी राती कुनै अप्रिय हुन नदिन टावर लाईटको सहयोगले सिसिटिभी क्यामराले पनि सहयोग गर्ने भएकोले मन्दिर परिसरमा टावरलाई निर्माण बहु उपयोगी सावित हुने वडा अध्यक्ष झाले विश्वास व्यक्त गर्नु भयो ।