उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल वालिङ विजयी

1993

रौतहट, माघ १३ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् सोमबारका खेलमा बर्दियाको बासगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएका छन् ।

स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा भएको पहिलो खेलमा सुर्खेतको वीरेन्द्र नगरपालिकालाई ३–१ ले हराउँदै बासगढी नगरपालिका विजयी भएको हो ।

खेलमा अजिता घर्तीमगर, सुष्मा रोकाया र अन्जली खवासले एक/एक गरेका थिए । बासगढी नगरपालिकाकी सुष्मिता चौधरीले एक सान्त्वना गोल फर्काएकी थिइन् ।

दोस्रो खेलमा मोरङको विराटनगर महानगरपालिकालाई २–० ले हराउँदै वालिङ नगरपालिका विजयी भयो ।

खेलमा अनिशा कार्की र उदय थापाले एक/एक गोल गरेका थिए ।