रौतहट ।। रौतहटको गौर नगरपालिका नेपाली कांग्रेसका मेयर प्रत्यासी मेयर मोहन यादवद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
गौर नगरपालिका अन्तर्गत रहेको कृषणा ईन्न होटलको सभाहलमा जनप्रतिनिधिहरु , पत्रकार लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको गौर नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् । मेयर प्रत्यासी मेयर मोहन यादवले सोमवार कार्यक्रमको आयोजना गरी पत्रकारहरुसंग रंग अबिर दलेर शान्तिपूर्ण तरिकाले निकै उत्साहका साथ होली मनाएका हुन ।
मेयर प्रत्यासी यादवले गौरको कृषणा ईन्न होटलमा होली मिलन कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुसंग होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका हुन ।
सो अवसरमा मेयर प्रत्यासी यादवले शान्त र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै जबरजस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेका थिए ।
नगर प्रमुख प्रत्यासी यादवले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न सबैलाई अनुरोध गरेका थिए । गौर नगरपालिका नगर प्रमुख प्रत्यासी यादवले टिका र गम्छा ओढाएर दर्जनौ सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेका हुन।