ओभरहेड ट्यांकी निर्माण भए संगै खानेपानीको समस्या समाधान हुदै

1505

११ चैत्र २०७७ // रौतहटको राजपुर नगरपालिका अन्त्तगत रहेको पााानीको समस्यामा रहेका रौतहट जिल्लाका फतुवा महेशपुरका स्थानियहरुले चाडै शुद्ध खानेपानी पाउने सम्भावना बढेको छ l राजपुर नगरपालिकाको वार्ड नम्बर २ मा ओभर हेड टैङ्क निर्माणको काम पुरा भएपछि गाउमा खानेपानीको समस्या सावधान हुने बिस्वास गरिएको छ l गाउमा पानिको अभाव नभएपनि स्थानीयहरू शुद्ध खानेपानी बाट बन्चित रहेका थिए l घर घरमा पानीको लागि २५ देखि ३० फिटको कल रहेको अवस्थामा स्थानियाहरुशुद्ध पानि पिउन पाउन सकेका थिएन l अक्सफामको सहकार्य र ग्रामिण बिकाश केन्द्र आर डि सी नेपाल को आयोजनामा संचालन भएको परियोजनाको क्रममा सो ओभरहेड टैङ्कि निर्माण गरिएको हो l
करिब चार करोड रुपैयाँको लागतमा सञ्चालन गरिएको खानेपानी योजना निर्माणको काम सम्पन्न भएर पाइप बिस्तारको काम अगाडि बढाइएको छ । करिब ३ लाख लिटर पानि क्षमताको उक्त खानेपानीको निर्माण कार्य राजापुर नगरपालिका , अक्सफाम इन नेपाल र ग्रामिण बिकाश केन्द्रको त्रिपक्षीय सम्झौता अनुसार उक्त घर निर्माण गरिएको हो l सो ट्यांकी संचालनमा आएपछि करिब ११ सय घर परिवारहरु लाभान्वित हुने लक्ष राखिएको छ l