करिब ४ साता बेपत्ता झा दम्पतीबारे सीआइबीले थाल्यो अनुसन्धान

1430

जनकपुर । करिब ४ साता बित्न लाग्दा पनि बेपत्ता झा दम्पतीबारे अनुसन्धान गर्न जटिल हुँदै गएपछि सीआईबीले अनुसन्धान गर्ने भएको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाबाट बेपत्ता भएको करिब ४ साता बिते पनि अझै उनीहरुको अवस्था अज्ञात छ । घरमा सुतिरहेको अवस्थामा ६५ वर्षीय मुसाफिर झा र ६० गीता देवी झालाई ओछयानसहित बेपत्ता पारिएको थियो । गत फागुन १० गते राति ओछयानसँगै झा दम्पती बेपत्ता पारिपनि अझैसम्म उनीहरुको अवस्था बारे महोत्तरी प्रहरीले पत्ता लगाउन सकेका छैन ।

झा दम्पती बेपत्ता भएको २३ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने जनाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक गंगा पन्तले झा दम्पतीको बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धान थालिसकेको जनाइन् । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सघाइरहेका बताइन् । उनले भनिन्– अब हामी टोली खटाएर अनुसन्धान थाल्ने छौँ ।’ प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भएपनि ठोस परिणाम आउन नसकेपछि सिआइबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो । यो घटनामाथि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, स्थानीयको माग अनुसार नै हामीले टोली खटाउन लागेका हौँ ।’यता झा दम्पतीको अवस्था विषयमा अविलम्ब जानकारी गराउन माग गर्दै मैथिल ब्राह्मण युवा महासभासहित ४४ वटा संघ संस्थाले सिआइबीले घटनाको अनुसन्धान गर्नुपर्ने माग गर्दै आइरहेका थिए ।https://ratopati.com