माधव नारायण नगरपालिकाद्धारा नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन

825

रौतहट ,४ चैत्र । रौतहटको माधव नारायण नगरपालिकाद्धारा आज बुधवार नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन गरेको छ ।

माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थद्वारा संयुक्त रुपमा नगर भित्र निर्माणकार्य भइरहेको अवस्था बारे बुझ्न योजना स्थलगत पुगि निरीक्षण गरेका हुन् । सन्चालनमा रहेको योजनाहरुका उपभोक्ता समितिले भुक्तानी गर्न निवेदन दिएकाले मेयर बिरेन्द्र प्रसाद यादव ,प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ र योजना शाखा प्रमुख कृष्णनन्दन प्रसाद यादव सहितका अनुगमन कर्ताद्वारा योजना स्थलगत पुगि निर्माण कार्य सम्पन्न छ कि छैन अवलोकन गरिएको छ । योजनाहरुको भुक्तानी अघि अनुगमन योजना शाखाका प्रमुख कृष्णनन्दन प्रसाद यादवले बताएका हुन् ।माधव नारायण नगरपालिकाबाट आर्थिक बर्ष २०७७÷०७८ मा सन्चालित योजनाहरुको जस्तै वर्डा नम्बर १ दिपही देखि वर्डा नम्बर ३ भेलही सम्म पिच सडक निर्माणकार्य अन्तिम चरणमा रहेको भुक्तानी दिनु अघि अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन।

माधव नारायण नगरपालिका वर्डा नम्बर १ भित्र भौतिक पुर्वाधार निर्माणकार्य र वर्डा नम्बर ३ भेलहीमा झुलेङ्गे पुल निर्माणकार्य निर्माणाधीन अवस्थामा अनुगमनमा देखिएको उनले बताए। कामको गुणस्तरीयता , सेवा प्रवाहको अवस्था संतोषजनक मात्र हैन , सर्वोत्कृष्ट नै रहेको स्थानीयको भनाइ रहेको छ ।