रौतहट २६ पुष ।
विभिन्न दातृ निकाय बाट गरिब र निमुखा जनताको हित कार्य गर्ने झुठा आशवासन देखाएर रौतहट स्थित माण्डवी नेपाल नामक गैरसरकारी संस्थाले रकमको दुरुपयोग गरि राजनिती गर्ने गरेको पाइएको छ ।
माण्डवी द्धारा दातृ निकायलाई प्रलोभनमा पार्न विभिन्न कार्ययोजना बनाई त्यस कार्यको फाईदा गरिब र निमुखालाई नदिएर पार्टी विशेष अर्थात काङ्ग्रेस पार्टी नजिकका कार्यकर्ताले पाएको वडा अध्यक्ष रामेश्वर साह ले बताएका छन । दातृ निकायको कार्यक्रम र बजेटमा मान्डवीले संस्थाको शिर्ष पदमा आफ्ना आसेपासे र पार्र्टी नजिककालाई नियुक्ति गर्ने गरेको समेत स्थानीयले आरोप लगाएका छन ।
मान्डवीले दातृ निकायको कार्यक्रम संचालन गर्दा समुदाय छनौटको काम काङ्ग्रेस कार्यकर्ता लाई दिई पार्र्टीलाई प्रोत्साहन गर्ने गरेको कार्यपालिका सदस्य सरफुदिनले बताए । मान्डवीले रौतहटको इशनाथ नगरपालिकामा संचालन गरेको दातृ निकायको काममा नगरपालिकाको समन्वय सहकार्य समेत नगर्ने गरेको नगर प्रमुख सन्तोष मेहताको भनाई रहेको छ ।
दातृ निकायको बजेटलाई आफ्नो खल्तीको बजेट जस्तै प्रयोग गरि रहदा दातृ निकायको समेत छवि बिग्रिदै गएको नगर प्रमुख मेहताको बुझाई रहेको छ । गैर मुनाफा रहित उद्धेशयले दर्ता भएको यस किसिमको संस्थाले व्यक्तिगत र पार्टिगत मुनाफाको लागी मात्रै कार्यक्रमहरु संचालन गरेकोले यस विरुद्ध कडा कदम चालिने वडा अध्यक्ष कैलाश पटेलले बताएका छन् ।
यस्ता गैरजिम्मेवार किसिमले राजनीतिक गर्न संघ संस्थाको रकम दुरुपयोग गर्दै गर्दा र विभिन्न माध्यमबाट बारम्बार यो कुरा उठिरहेको भए तापनी जिल्ला प्रशासन कार्यालय रौतहट, गृह मन्त्रालय, समाज कल्याण परिषद नेपाल लगायत सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु दुखद रहेको ईशनाथवासीले बताएका छन् ।