अगामि निर्वाचनपछि समाजवादी पार्टी नै देशको सबभन्द ठुलो पार्टी बन्ने अध्यक्ष भट्टराई

1932

रौतहट ।। पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अबको दुई वर्षपछि हुने निर्वाचनमा समाजवादी पार्टी देशको पहिलो पार्टी हुने दावी गरेका छन । समाजवादी पार्टीप्रति देशभरी जनलहर रहेको अबको निर्वाचनपछि समाजवादी पार्टी नै देशको सबभन्द ठुलो पार्टी बन्ने अध्यक्ष भट्टराईले बताएका छन ।

रौतहटको गढिमाई नगरपालिका वडा नं २ हथिऔलमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन अध्यक्ष भट्टराईले यस्तो बताएका हुन । समाजवादी पार्टी गरिव, आदिवासी, जनजाती, थारु, मुस्लिम सहित सबै वर्ग, जात, जाती र समुदायको पार्टी रहेकोले अगामि नर्वाचनमा समाजवादी पार्टी नै अरु पार्टीको विकल्पको रुपमा स्थापित हुने डा। बाबुराम भट्टराई दावी गर्नुभयो । नेकपा र नेपाली कांग्रेस जनतालाई झुठो आश्वासन दिएर ठग्ने काम मात्रै गरेकोले अगामि निर्वाचनमा यी दुवै पार्टीको पता साफ हुने उहाँले बताउनुभयो । नेकपा र कांग्रेस पटक पटक जनतालाई झुक्याएर, झुठो आश्वासन दिएर चुनाव जितने गरेको र सतामा पुगेपछि जनताको आवश्यक्ता र एजेण्डा विषर्ने गरेका कारण अगामि निर्वाचनामा समाजवादी पार्टी नै नेकपा र कांग्रेसको विकल्पको रुपमा उदय हुने पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष डा। भट्टराईले बताउनुभयो ।

नेकपा र कांग्रेसको सरकार जहिले पनि मधेश र मधेशीको हक अधिकार दिन नचाहेको समेत उहाँले आरोप लगाउनुभयो । मधेश र मधेशीको हक अधिकार दिन नचाहने पार्टी नेकपा र कांग्रेसलाई एक चोटी फेरी मधेशी जनताले पराजित गर्नुपर्ने आवश्यक्ता रहेको समेत उनले बताए ।

पटक पटक मधेशी जनताको मत लिएर मधेशी जनतालाई नै धोका दिने र औला देखाउने नेकपा र कांग्रेसलाई मधेशी जनताले अमिलेर अब पराश्त गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । समाजवादी पार्टीले नै देशलाई समृद्ध र विकसित बनाउन सक्ने भन्दै डा भट्टराईले अरु पार्टी भ्रष्टाचार र कार्यकर्ता पाल्ने काम मात्रै गरेको समेत उहाँले बताउनुभयो । अगामि १४ गते रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरमा हुन लागेको वडा अध्यक्षको चुनावमा आफना पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका दिनेश दासलाई निर्वाचित गराउनको निमित्त समाजवादीका अध्यक्ष बाबुराम भट्टराई आज रौतहट आउनुभएको थियो । रौतहट आएका भट्टराई समनपुरमा घरदौलो कार्यक्रममा पनि सहभागि हुनुभएको थियो ।

समनपुर स्थित मतदाताको घरघरमा गएर डा। भट्टराई मंगसिर १४ गते हुने निर्वाचनमा समाजवादी पार्टीको उम्मेदवार दिनेश दासलाई पंजा छापमा अत्याधीक मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, समाजवादी पार्टीका नेता एवं प्रदेश २ का विकास समितिका सभापति शेख फुलबाबु, समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, जिल्ला सांयोजक वृज किशोर यादव, समाजवादीका युवा नेता राजकुमार दास तत्मा, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला सहितका नेताहरुको सहभागिता रहेको थियो ।