दुर्गा भगवती गाउपालिकाका सबै सामुदायिक विद्यालयले शैक्षिक सामग्री हस्तान्तरण

1548

रौतहट २० पुष । रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेका १७ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई “समता रणनिती कार्यक्रम” बाट शैक्षिक सामग्रीहरु सोमबार हस्तान्तरण गरिएको छ । दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ ओटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल राय यादवले शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । कोरोना भाइरसको महामारीका कारण प्रभावित हुँदा गत आर्थिक बर्ष २०७६÷०७७ को “समता रणनिती कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरु सोमबार एक कार्यक्रमकाविच उक्त सामग्रीहरु विद्यार्थीहरुलाई वितरण गरिएको दुर्गा भगवती गाउँपालिकाले जनाएको छ । जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल राय यादवले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालयमा आउने वातावरण सृजना गराउने उद्देश्यले संघिय सरकारको शिक्षा मन्त्रालयद्धारा विशेष कार्यक्रम मार्फत उपलब्ध रकमबाट शैक्षिक सामग्रीहरु खरिद गरि भएपनि वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारद्धारा घोषित कार्यक्रम अनुसार सबैको लागि अनिवार्य शिक्षा नाराको साथ हरेक मानिसको शिक्षामा पहुँच पुर्याउने उद्देश्यका साथ समता रणनिती कार्यक्रम लागु गरेको बताउनु भयो । हरेक बालबालिकालाई विद्यालयमा पहुँच सहज एवं सरल बनाउनका लागि पोशाक, ब्याग, कपी, पेन्सील सहितका शैक्षिक सामग्री सहितको छात्रवृति उपलब्ध गराउने गरेको यादवले बताउनु भयो । नेपाली काँग्रेसका रौतहट जिल्ला अध्यक्ष कृष्ण प्रसाद यादवले सबैलाई अनिवार्य शिक्षा अभियानलाई प्रभावकारी बनाउनका लागि शुन्य देखि ५ कक्षा सम्मका बालबालिकाहरुलाई पहिलो चरणमा सो सामग्री वितरण  गरिएको बताउनु भयो । गाउँपालिका अध्यक्ष अरुण कुमार साहले गाउपालिका अन्तर्गत प्राथमिक विद्यालय, आधारभुत विद्यालय र माध्यमिक गरी १७ ओटा विद्यालयमा अध्ययनरत रहेका करिव ४हजार ५ सय छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्न समता रणनिती कार्यक्रमबाट बजेट अपुग भएको तर गाउपालिकाबाट बजेट विनियोजन गरेर पहिलो चरणमा ३ हजार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिने लक्ष्यका साथ कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनु भयो । गाउपालिकाका सम्पुर्ण बालबालिकाहरुलाई कोरोनाका कारण एकै स्थानबाट सामग्री वितरण गर्न नसकिने भएकाले पालिकामा रहेका सम्बन्धित विद्यालयबाटै मंगलबार देखि नै वितरण हुने जानकारी दिनु भयो । दोश्रो चरणमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्राहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष अरुण कुमार साहले बताउनु भयो । उक्त कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको उपाध्यक्ष मञ्जु देवी झा, वडाध्यक्षहरु सुरेश चौधरी, धर्मेन्द्र कुमार झा, रामबाबु यादव, धर्मनाथ चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगत साह, सरस्वती मावीका प्रधानाध्यापक तेजनारायण साह, पूर्व प्रअ रबीन्द्र झा, राजु साह, सहितका १७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यपकहरु सहित सयौं छात्रछात्राहरुको उपस्थिति रहेको थियो । गाउपालिका प्रमुख साह तथा उपप्रमुख मञ्जु देवी झाले कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथि सहित प्रधानाध्यपकअहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनोद्धारा सम्मान गरिएको दुर्गा भगवती गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जगत साहले जानकारी दिनु भयो ।