एजेन्सी– पछिल्ला केही महिना विश्वलाई नै ठूलो संकटमा पुर्याएको छ, कोरोना भाइरसले । अनि विश्वभरका देशहरुले विभिन्न उपाय अपनाउँदै यो भाइरसलाई आफ्नो काबुमा लिन थालेका छन् ।
यहीबीच सिंगापुरबाट अलिक फरक किसिमको प्रयास भएको समाचार आएको छ । सिंगापुर सरकारले आफ्नो देशमा यो भाइरसविरुद्ध लड्न नयाँ एपको विकास गरेको छ ।
यो एपले कोही कोरोना भाइरस संक्रमितको छेउबाट हिँडेमा सूचना दिन्छ । कोरोना प्रभावित मान्छे दुई मिटर वरपर रहेको पनि यापले जानकारीले दिन्छ । सिंगापुर सरकारले यो एप डाउनलोड गर्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ । तर, यसलाई बाध्यकारी भने बनाइएको छैन । फरक धार सभार