फिल्म निर्माता करिम मोरनीलाई कोरोना भाइरसको संक्रमण

1134

मुम्बइ : फिल्म निर्माता करिम मोरनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । मरिमका भाइ अली मोरनीका अनुसार करिमको हालै कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । ‘हो, करिमलाई कोरोना संक्रमण भएको छ, उनी आफैँ अस्पताल भर्ना भएका छन् । मैले उनीसँग फोनका कुरा गरेको थिएँ,’ अलीले भने ।

यसअघि नै करिमकी छोरी शाजा र जोआलाई पनि कोरोना संक्रमण भएको थियो । जोआ सोमबार साँझ संक्रमित भएको थाहा भएको थियो । शाजाको फेरि परीक्षण गरिनेछ । जोआको अहिले कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उपचार भइरहेको छ । करिम ‘चेन्नइ एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर,’ ‘दिलवाले’ जस्ता फिल्मका निर्माता हुन् ।