स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

1428

१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।सशस्त्र प्रहरीको गस्तो टोलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको टोलीले चेकजाँच गर्दा स्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।