राैतहटमा पनि २७ औं अन्तर्राष्ट्रिय अपांग दिवस भव्यताका साथ मनाइयो

1293

रौतहट । “अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा न्याय र समानताको सुनिश्चितता ” भन्ने मुल नारा सहित रौतहटको इशनाथ नगरपालिका अन्तर्गत २७ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विविध कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ ।

No description available.

इशनाथ नगरपालिका नगर प्रमुख संन्तोष मेहताको प्रमुख अतिथ्य रहेकोे कार्यक्रममा बिशिस्ट अतिथिमा वडा अध्यक्ष रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख मेहताले “अपांग हक हितका लागि आफू जुनसुकै समयमा पनि सहयोग गर्न तत्पर रहेको र अपांगता भएका ब्यक्तिहरुले पनि गुम्सिएर नबसी आफ्नो अधिकारका लागि घचघच्याउनु पर्ने कुरामा बिशेष जोड दिएका थिए ।”

अपांगको विशेष सहयोग गर्दौ आफु जति सकेसम्म बिधालयको सम्पूर्ण खर्च समेत नगर प्रमुख मेहताले तिर्न प्रतिबद्धता गरेको छ ।
कार्यक्रममा अपाङ्ग र विभिन्न राजनीतिक दलका प्रतिनिधि,शिक्षक,बिद्यार्थी ,जनप्रतिनिधि ,पत्रकार र सुरक्षाकर्मी समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।