विद्युत ट्रान्सफर्मर चोरी गर्ने भारतीय नागरिक पक्राउ

324

वीरगञ्ज- प्रहरीले बाराबाट विद्युत ट्रान्सफर्मर चोरी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने वर्ष २२ का जैसिलाल यादव पक्राउ परेका हुन्।

विद्युत ट्रान्सफर्मरको सामानसहित उनलाई पचरौता नगरपालिका-५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरेको हो।

नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गएको मङ्सिर १४ गते राति बारा सिम्रौनगढ नगरपालिका वडा नं.०३ श्रीनगर बैरियाबाट र २३ गते पचरौता नगरपालिका-५ बेल्दारी स्थितबाट चोरी भएको थियो।

सूचना प्राप्‍त हुनासाथ ट्रान्सफर्मर र चोरलाई खोजलतास गर्दै जाने क्रममा ट्रान्सफर्मरको सामानसहित यादवलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

यादवविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।