गौर टिकुलिया सडकमा अलपत्र रहेको बकैया पुलको काम पुन सुचारु

1712

राैतहट ।। राैतहटकाे सदरमुकाम गाैर जाेडने सबभन्दा नजिकमा पर्ने इशनाथ नगरपालिका अन्तगर्त रहेका अाैरैया जाेडने एकमात्र बकैया पुल रहेकाे छ । नेकपाका लागि इशनाथ नगरपालिकाका नगरकमिटी का अध्यक्ष मोहन मेहताको पहलमा नेकपा प्रदेश न. २ का अध्यक्ष माननीय प्रभु साहको प्रयासमा गौर टिकुलिया सडक मा अलपत्र रहेको बकैया पुलको काम पुन सुचारु भएको छ ।

इशनाथ नगर कमिटीले गएको साता आयोजना गरेको बृहत शुभकामना आदानप्रदान कार्यक्रमको मंच बाट मेहताको पहलमा यो बर्ष जुन सुकै हालतमा पुलको निर्माण सम्पन्न भइ सुचारु हुने घोषणा गरेका माननीय साहको तादरुकताले निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आज बाट निर्माण कार्य पुन सुचारु गरेको हो ।

निर्माण कार्य सुचारु भए पश्चात् नगरकमिटी अध्यक्ष मेहता द्वारा निर्माण स्थलमा स्थलगत निरक्षण गरिएको छ । इशनाथ नगरपालिकालाई सदरमुकाम गौर बाट जोड्न अत्यन्तै छोटो दुरिको सो एक मात्र बाटो मा पुल नबन्दा स्थानियहरु १० कि.मि लामो बाटो घुमेर सदरमुकाम आउन बाध्य छन भने सो बाटो मा रहेको बकैया नदिमा ज्यान जोखिम लिएर डुङ्गामा यात्रा गर्दा बर्सेनि डुङ्गा दुर्घटना भइ दर्जनौं सर्वसाधारणले ज्यान गुमाइ सकेका छन ।