गौर नपा ९ सिर्सियामा निशुल्क आँखा शिविर

241

रौतहट, १३ माघ । गौर नगरपालिकाको सिर्सियामा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निशुल्क आँखा शिविरको शनिवार आयोजना गरिएको छ ।
गौर नगरपालिका वडा नम्वर ९ सिर्सिया गाउँको महाविर मन्दिर नजिक गरिएको निशुल्क आँखा शिविरमा स्थानीय महिला एवं पुरुषहरु उत्साहित भएर शिविरमा आएर आँखा परिक्षण गराईरहेको हो ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा, स्थानीय आयोजकमा बुवा स्वर्गिय मदनमोहन श्रीवास्त र स्व. आमा कृष्ण देवीको स्मृतिमा विजयकुमार श्रीवास्ताव र अजयकुमार श्रीवास्तवले आयोजना गरेको उक्त शिविर आज विहान ९ बजे देखि संचालित रहेका छन् ।
निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गर्नुका साथै औषधी, चश्मा दिइरहेको छ भने मोतिया बिन्दु भएका विरामीहरुलाई निशुल्क रुपमा गौर आँखा अस्पताल पुरेनवा गौरमा लगेर शैल्यक्रिया गर्ने व्यवस्थापन मिलाइएको शिविर संचालन समितिका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

निशुल्क आँखा शिविरमा २३६ जना पुरुष र २२४ जना महिला गरेर ४६० जनाले आँखाको परिक्षण गराए । जसमा २०७ जनामा मोतिया विन्दुको रोग भएको हुँदा उनीहरुलाई गौर आँखा अस्पताल पुरेनवामा शैलक्रिया गरिने जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले १७६ जनालाई औषधी र १०३ जनालाई निशुल्क रुपमा चश्मा वितरण गरिएको बताए ।