रौतहटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बनाउने : मा.यादव

1118

रौतहट // रौतहटमा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बनाउनको लागि मंगलवार अन्तरक्रिया कार्यक्रम गएकाे छ । सो कार्यक्रममा प्रमुख अतिथी माननीय सासद सरला यादवले कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि परियोजना लागू भएको कृषकहरुलाइ विगतमा यस क्षेत्रमा पहिला भन्दा बढी उत्पादन हुने सीप बढ्नुका साथै उत्पादन समेत बढीहुने बताएका थिए । 
कार्यक्रम लागू गराउन मा.सर्ला यादवले अहम योग्दान र मेहन्तले परियाेजना अन्तर्गत जोन (धान) कार्यान्वयन इकाई रौतहटद्वारा माधव नारायण नगरपालिकाका वार्ड न –७ स्थित पिपरा राजवडामा अायाेजित अन्तरक्रिया कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका छन् ।
सो कार्यक्रममा माननीय सासद यादवले माधव नारायण नगरपालिका वार्ड न ७ मा कृषकको लागि ४० लाखको कार्यक्रम ल्याएको छ । सो कार्यक्रम माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादवको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

वरिष्ठ कृषि विकास अधिकृत रामबलम ठाकुर र अधिकृत अशोक सरले धानमा आत्मनिर्भर गर्न र कृषि प्रणालीलाई वैज्ञानिक एवं व्यावसायिक बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । सो कार्यक्रममा सोही वडा न ७ वाडा अध्यक्ष दिलिप यादव ,प्रमुख प्रशासकीय अधिकृत प्रवलभ कायस्थ,किसान लगायत उपस्थिति रहेको थिए ।