रौतहट २९ असोज // अन्तराष्ट्रिय हातधुने दिवश बिहीवार बिभिन्न कार्यक्रम गरेर रौतहटमा मनाइदै छ ।
रौतहटको सदरमुकाम गौरमा बिहान ११ बजे एकै साथ सवैले हातधुन सन्देश दिने उदेश्यले कार्यक्रम गरीएको छ ।
कार्यक्रमको उद्घाटन रौतहटका जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादवले गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिप्रका यादवले हातधुने बानीको बिकास गर्न र दैनिकरुपमा बिभिन्न काम गरेपछि हात धुन सन्देश दिने उदश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भएको छ ।
हातको सरसफाइ सबैको लागी , सावुनपानी सधै साथसाथ भन्ने नाराका साथ हातधुने दिवस मनाइदै छ ।
अक्सफाम नेपालको सहयोग आरडिसी नेपालको समन्वयमा जिल्ला स्वच्छता समिती र जिल्ला प्रशासन कार्यालयले हातधुन प्रेरीत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको आरडिसी नेपाल रौतहटका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिनुभएको छ ।
कोराना भाइसर नियन्त्रणका लागी तथा अन्य बिभिन्न रोग बाट बच्न सावुनपानीले मिचीमिची हात धुन सिकाउने तथा सचेतना बढाउने उदेश्यले रौतहट जिल्ला भर रहेका सवैले एकै साथ सवैले हात धुन समेत आयोजक सस्थाले आग्रह गरेको छ ।
गौरमा भएको हात धुने कार्यक्रम को समापन जिल्ला समन्वय समितीका प्रमुख राम एकवाल राय यादवले समापन गर्नुभएको थियो ।
कार्यक्रममा सामाजीक अगुवाहरु, बिभिन्न सस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बिभिन्न सामाजीक सस्थाहरुले कार्यक्रम सफल बनाउन अग्रणी भुमिका खेलेका थिए ।