राजदेवी नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाइ बिपद उद्दार समाग्री हस्तांरण

2066

रौतहट २४ असार ।। राजदेवी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवा लाइ बिपद उद्दार समाग्रीहरु उपलब्ध गराएको छ।

जल उत्पन्न प्रकोपको हिसाबले रौतहट जिल्ला बाढ़ी तथा डूबानको जोखिममा पर्दे आएको र बर्षेनी धेरै जनधनको क्षेति बेहोर्दै आएको जिल्ला मध्ये एक हो। उक्त जोखिम न्युनीकरण गर्नको लागी क्षमता अभिबृद्धि गर्नु पर्ने हुन्छ। क्षमता अभिबृद्धिको लागी दक्ष जनशक्ति र सही उद्दार समाग्रीको प्रयोग अपरिहार्य हुन्छ।

सशस्त्र प्रहरी बल नेपाल सँग तालीम प्राप्त जनशक्ति रहेको तथा उद्दार समाग्रीको अभावले गर्दा जोखिम न्यूनीकरणमा समस्या देखिएको ले राजदेवी नगरपालिकाले आफु सँग भएका उद्दार समाग्रीहरु लाइफ जैकेट, लाइफ बॉय रिंग, उद्दार डोरी, सीटहार्नेस लगायतका उद्दार समाग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवा लाइ उपलब्ध गराएको छ।

उक्त उद्दार समाग्रीहरु राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार पाण्डे र वडा अध्यक्ष भागनरायण साह द्वारा सयुंक्त रूपमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापा लाइ हस्तांरण गरिएको छ।