काठमाडौँ – कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् ।
शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५ केजी चरेससहित पक्राउ गरेको हो । धामीबाट चरेससहित ७५ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।