रौतहट । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कटौती भएकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ । अपाङ्गहरुको सुरक्षा भत्ता कटौती भएको र विरोध प्रदर्शन पश्चात् केहि समयका लागि प्रदान गरिने भनिएको भए पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले रोक लगाएको भन्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको रौतहट अध्यक्ष नितेश कुमार गुप्ताले जानकारी दिए । महामारीको यस्तो समयमा सरकारले राहत दिनु पर्ने ठाउँमा उल्टै अशक्त अपाङ्गहरुको अधिकार खोजेर सरकारले एउटा नमिठो कदम चालेको भन्दै ज्ञापनपत्र बुझाइएको संघले जानकारी दिएको छ ।
सरकारले हालसालै जारी गरेको अपाङ्ग व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली २०७७ संशोधन गर्न र अपाङ्गहरुको रोक लगाएको सुरक्षा भत्ता नियमित उपलब्ध गराउन माग गर्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहजले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । अपांगहरुको अधिकार कटौती भएको भन्दै संघले चरणबद्ध आन्दोलन गदै आएको छ ।