रौतहटमा चट्याँग लागेर ३ जना महिलाको मृत्यु

198

रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम गरिरहेको अवस्थामा मंगलवार विहान ७.४० बजेको समयमा चट्याँग लागेर तिनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
मलाहीटोल गाउँको ३९ बर्षिया सुदनिया देवि सहनी, १७ बर्षिया जगिया कुमारी सहनी र १८ बर्षिया मनिषा कुमारी सहनीको चट्याँग लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रुपेशकुमार सिंहले बताए ।
मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले भने । चट्याङ लागेर एउटै गाउँको तिनजनाको मृत्यु हुंदा सिंगो मलाहीटोल गाउँ शोककमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि शैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको इप्रका गरुडाले जनाएको छ ।
यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी प्रसाद कलवार तत्कालै घटनास्थल पुगेर पीडित परिवार संग कुरा गर्दै नगरपालिकाबाट पिडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दैं धर्यधारण गर्न इश्वरले शक्ति प्रदान गरुन भने शमवेदना प्रकट गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले बताए ।