लामो समय देखि नेपाल भारतको सिमा नाका बन्द हुँदा तराई बासीहरुलाई निकै समस्या भएको भन्दै उक्त सिमानाका खुलाउन समाजका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत आईतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र

1426

रौतहट, १८ असोज । लामो समय देखि नेपाल भारतको सिमा नाका बन्द हुँदा तराई बासीहरुलाई निकै समस्या भएको भन्दै उक्त सिमानाका खुलाउन समाजका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत आईतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहटको स्थानिय बासिन्दाहरुलाई भोग्नुपरेको पिडामर्का, व्यापारीहरुको समस्या, विरामीहरु सुविधा सम्पन्न उपचार गराउनबाट वंचित, दुवै देशको जनता विच रहेको भावनात्मक सम्बन्धमा परिरहेको असरलाई मध्य नजर राख्दै निश्चित मापदण्ड अनुसार बोर्डर खुलाउनु पर्ने माग गर्दै नागरिक समाज, राजनितिकर्मी, व्यापारी, उद्योगी, समाजसेवीहरुको एक प्रतिनिधिमण्डलको समुहले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रजिअ मार्फत प्रधानमन्त्री संग ज्ञापन पत्र मार्फत माग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणको कारण देखाएर लामो समय देखि बन्द भएको सिमानाकालाई पुन ः सुचारु गराउन मागहरु गरिएको छ । रौतहटमा कोरोना सामान्य हुँदै गएपछि यहाँका विद्यालय, अदालत, प्रशासन, मालपोत लगायत सरकारी तथा गैर सरकारी सम्पुर्ण कार्यालयहरु सञ्चालनमा आइसकेको अबस्थामा रौतहट बोर्डर बन्द गरि रहनु उचित नभएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । हिन्दुहरुको महान पर्वहरु विजया दशमी, दिपावली, छठ पर्व नजिकिदै जाँदा सर्वसाधारणमा भएको असहज परिस्थितिलाई सहज रुपमा आवगमन गराउन प्रधानमन्त्रि संग स्थानियले ज्ञापन पत्रद्धारा आग्रह गरेका छन ।
रौतहट खुल्ला सिमा भएका कारण अबैध चोरी निकासी विभिन्न चोर नाकाहरुबाट भइरहेकाले बोर्डर सिलको नाममा तस्कर तथा केही व्यक्तिहरु मोटाएको हुँदा सर्वसाधरण लाई असहज भएको जनाइएको छ । सात महिना देखि सिमा बन्द भएकाले आफुहरुलाई उकुसमुकुस भएको भन्दै सिमा नाका खुलाउनु पर्नेमा स्थानियले जोड दिएका छन ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिमानाका खुलाउने अधिकार हाम्रो नभएको हामी राज्यको दिएको निती नियमको पालना गरेर शान्ति सुरक्षा लगायत कोभिड १९ लाई नियन्त्रण गराउन तथा जनताहरुलाई पूर्ण सुरक्षित राख्ने प्रमुख प्राथमिकता रहेको हुँदा यो ज्ञयापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । दुई देशको विच हुने डिप्लोमेसीको आधारमा सिमानाका खुल्ने वा नखुल्ने सम्पूर्ण अधिकार माथिल्लो निकायको रहेको जानकारी दिए ।