प्रदेश सरकार किसानको साथमा छ – मन्त्री सोनल

2278

रौतहट , असोज १५ गते ः सप्तरीमा बलान नदीले कटान गरेको क्षेत्रमा आज प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्थलगत निरिक्षण गर्नु भएको छ । बलान नदिले हजारौ बिघा खेती योग्य जग्गा कटान गरेर क्षति पुरयाएको विषयमा ३ दिन पहिले मात्र प्रदेश सांसद , बलान गाँउपालिकाका अध्यक्ष र पिडित किसानले मन्त्रालयमै पुगेर मन्त्री सोनलको ध्यानाकर्षण गराएका थिए । त्यसपछि मन्त्री सोनलले आज आफै नदिले कटान गरेको क्षेत्रमा पुगेर नदिले पुरयाएको क्षतिको स्थलगत निरिक्षण गर्नु भएको हो । निरिक्षण पछि पिडित किसान र स्थानीयसंग कुरा गर्दे मन्त्री सोनलले नदिले गर्ने कटान नियन्त्रण र अहिले पिडित किसानको क्षतिपुर्तिका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले प्रदेश २ का जनताको जीवन बचाउन र जिवीकोपार्जनका लागि प्रदेस सरकार तयार रहेको पनि बताउनुभयो । आज गरिएको स्थलगत निरिक्षणमा मन्त्री सोनलसंगै संघीय सांसद रेणु यादव , राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव , प्रदेस सांसद अभिषेक यादव , बलान गाउपालिकाका अध्यक्ष दयानन्द यादव , उपाध्यक्ष रुबि गुप्ता, जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव ,जसपाका नेता गजेन्द्र मण्डल , रमेश यादव , मन्त्रालयका सिचाइ शाखा प्रमुख अरुण कर्ण लगायतको पनि सहभागीता रहेको थियो ।