आचरण बिरुद्ध गतिबिधी गरेको पाइएमा मार्शलटिमले अनदस्पोट कार्वाही गर्ने

1630

रौतहट ११ असोज । । रौतहटमा प्रहरी आचरण बिरुद्ध काम कार्वाहीगर्ने जोकोही प्रहरी माथी औनदस्पोट कार्वाही हुने भएको छ ।
 कुनैपनी प्रहरी मदिरा शेवन गरी डयुुटी गरेको अथवा आचरण बिरुद्ध गतिबिधी गरेको पाइएमा मार्शलटिमले अनदस्पोट कार्वाही गर्ने भएको छ ।
प्रहरी र पत्रकार बिच आईतवार जिल्ला सदरमुकाम गौर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित  अन्तरकृया कार्यक्रममा रौतहट प्रहरी प्रमुखको रुपमा हालैआएका एसपी शिद्धी बिक्रम साहले त्यस्तो जानकारी दिएका छन ।
प्रहरी संगठन भित्रको कमी कमजोरी सुधारगर्न एकजना डिएसपीको कमाण्डमा मार्शलटिम गथन भईरहेको एसपी सिंहले स्पस्त पारेका छन ।
एसपी साहले निरञ्जन राम हत्या प्रकरण,बिजय राम हत्या प्रकरण,पुजारी हत्या तथा तिवारी दम्पती आक्रमणको बारेमा बिस्तृत जानकारी गराउँदै प्रहरी प्रतीको जनताको भरोसा र बिश्वास कायम राख्नुुनै आफनो पहिलो दाईत्व रहेको बताएका थिए ।
सिमा चुवाहट,अबैध मदिरा कारोबार नियन्त्रण,आउनैलागेको चाँडपर्वमा जुवातास हुन नदिन तथा जिल्लामा भईरहेको शंकास्पद गतिबिधी नियन्त्रण गर्न प्रहरी र पत्रकार बिच सुचनाको आदानप्रदान महत्वपुर्ण पाटोरहेको एसपी शिद्धि बिक्रम सिंहले बताए ।
कुनैपनी प्रहरीले संगठनलाई बदनाम गराउने काम गरेको पाईएमा प्रहरी नियमावली अनुसार कडा भन्दा कडा कार्वाहीको सिफारिस गर्ने एसपी सिंहले चेतावनी दिएका छन ।
प्रहरी र पत्रकार सदैव फन्टलाईनमा खटने भएकाले प्रहरीको कुनैपनी कमी कमजोरी देखिएमा अबिलम्ब खबर गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा एसपी सिंहका साथै जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठ,ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबी रावल,ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेम बहादुर शाही,ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साह,  नेपाल पत्रकार महासंघ रौतहटका सभापती रबीन्द्र साह,सचिव गौतम श्रेष्ठ लगायत दुुईदर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।