बृहत्तर यौनिकता सम्बधि समिक्षा कार्यक्रम सम्पन्न

1250

रौतहट ११ रामविश्वास मुखिया
रौतहट जिल्लाभरिमा सञ्चालित बृहत्तर यौनिकता शिक्षा सम्बन्धी समीक्षा कार्यक्रम आइतबार गौरमा सम्पन्न भएको छ । महिला सशक्तिकरण अभियान –( WEM) को आयोजना र संयूत्त, राष्ट संघिय जनसंख्या कोषको सहयोगमा सो समिक्षा कार्यक्रम सपन्न भएको हो । गौरको होटल सिया पैलेसमा भएको कार्यक्रममा जिल्लाका १३ वटा माध्यमिक विद्यालयमा सञ्चालित किशोरकिशोरी मैत्री केन्द्रको चुनौती र समाधानका बारेमा विस्तृतरुपमा छलफल भएको थियो । कार्यक्रममा सहभागी सुचना केन्द्रका फोकलपर्सनहरु ऋाआफ्ना केन्द्रका वर्तमान अवस्था, चुनोती र भावी रणनितिको बारेमा प्रस्तुतीकरण गरेका थिए । आसना चौधरी र अर्पना कामति सहजीकरण गर्नुभएको कार्यक्रममा केन्द्रका फोकल पर्सनहरु, सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु, सम्बन्धित पालिकाका प्रतिनिधिहरु, सहकार्य गर्ने संस्थाका प्रतिनिधिहरु लगायतका सहभागिता रहेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय गौरको निमित प्रमुख महेश साहको विशेष उपस्थिति रहेको कार्याक्रममा
UNFPA काे जिल्ला प्रतिनिधि संजय शर्माले कार्याक्रमको उदेश्य सम्बन्धि प्रकाश पार्नुभयो ।