प्रदेश सरकारको लगानीमा गौर अस्पतालमा जर्मन प्रविधिको पिसिआर ल्याव संचालनमा

1012

रौतहट, २ असोज । जनप्रतिनिधिहरुको निकै दौडधुप एवं मेहनतका कारण रौतहट सदरमुकाम गौरमा रहेको अस्पतालमा पिसिआर ल्यावको औपचारिक रुपमा शुक्रवार संचालनमा आएका छन् ।
स्थानीय तहका प्रमुखहरु, प्रदेश तथा संघिय जनप्रतिनिधिहरुको अथक प्रयासको परिणाम स्वरुप प्रदेश नम्वर २ सरकारको प्रत्यक्ष लगानीमा गौर अस्पतालमा तयार पारिएको पिसिआर ल्यावको एक समारोहका विच आज समाजिक विकास मन्त्री नवलकिशोर साहले उदघाटन गरेका हुन् ।
प्रदेश २ का समाजिक विकास मन्त्री साहले पहिलो चरणमा विरगंज, जनकपुर र राजविराजमा पिसिआर ल्याव स्थापना गरेर संचालनमा ल्याएको भएपनि रौतहटबासीको आग्रह एवं प्रयासबाट जर्मन प्रविधिको पिसिआर मेशिन ल्याएर स्थापना गराएर संचालनमा आएकोमा खुशी व्यक्त गर्दै स्वाव परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने अवस्था आजको दिन देखि समाप्त भएको हुँदा रौतहटबासीको ठूलो सम्पत्ती रहेको हुनाले व्यवस्थित रुपमा संचालन गरेर जनतालाई सेवा पुर्याउने तर्फ व्यवस्थापन समितिको ध्यान जानुपर्ने बताए ।
संघिय सरकारको मातहतबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको अस्पतालहरुको अवस्था प्रदेशमै दैनिय रहेका थिए, विस्तारे पुर्वाधार लगायत दक्ष चिकित्सकको साथै व्यवस्थापन सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको हातमा आएपछि जिर्ण अवस्था एवं रेफरलको रुपमा रहेका अस्पतालहरुको मुहार फेरेर निकै सुधार ल्याएको स्पष्ट पारे ।
भौतिक पूर्वाधार राज्य मन्त्री र कृषि सहकारी राज्य मन्त्रीद्धय डा. डिम्पल झा र योेगेन्द्र यादवले पटक पटकको अथक प्रयास एवं मेहनतबाट गौर अस्पतालमा स्थापना भएको पिसिआर ल्यावलाई विधिवत रुपमा संचालन गरेर अघि बढ्नमा आइपर्ने चुनौतीहरुलाई प्रदेश सरकारबाट सकारात्क सहयोग पाउने आश्वासन दिए । यहाँ रहेका चुनौती, आवश्यक्ताहरुलाई पुरा गराउन प्रादेशिक सरकार गम्भीर रहेकोमा तपाईहरु चिन्ता नगरी गौर अस्पतालको पुर्वाधार सुविधा सम्पन्न बनाउन हरेक प्रकारको सहयोग गरिने बताए ।
स्थानीय तहको प्रमुखहरुको तर्फबाट मेयर क्लव रौतहटका अध्यक्ष तथा गौर नगरको मेयर अजयकुमार गुप्ततले प्रदेश सरकारको सहयोगमा स्थापना भएको पिसिआर ल्यावबाट यहाँका जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकोमा प्रदेश सरकारलाई धन्यवाद दिदै स्थानीय तहको सकारात्मक सहयोगका कारण नै आज गौरमा पिसिआर ल्याव स्थापना भएको हुनाले अगामी दिनहरुमा स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफू जिल्लामा सरुवा भएर आए देखि नै सुविधा सम्पन्न आइसोलेसन र पिसिआर ल्याव स्थापना गराउन गरिएको सकारात्मक कदमबाट आज ल्याव संचालनमा आएकोमा खुशी व्यक्त गर्दै स्थानीय प्रशासनले कोभिड १९ नियन्त्रण गर्न र व्यवस्थापनमा आवश्यक सबै सहयोग गर्ने स्पष्ट पारे ।
गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट डा कृष्णा साहले पिसिआर ल्याव संचालन गर्न आवश्यक ल्याव टेक्नीसियन, भिडिआर किट, लगायतका सामानहरुको आपुर्ती समयमा भएमा मात्रै यहाँ व्याप्त समस्याहरु समाधान हुने बताए । स्थानीय तहको सहयोगको साथै प्रदेश सरकारको सहयोगको नतिजा आज गौरमा पिसिआर ल्याव स्थापना हुँदा रौतहटबासी को लागि गौरवको विषय भएको बताए ।
रौतहटको १८ स्थानीय तह मध्ये १३ स्थानीय तहले जनही ५÷५ लाख रकम उपलब्ध गराएको अन्य पाँच वटा पालिका प्राविधिक कारणबाट रकम उपलब्ध नगराएपनि चाँडै रकम उपलब्ध हुनमा विश्वास व्यक्त गरे ।