रौतहटमा हुलाकका ३७ जना कर्मचारी भए बिदाइ

199

रौतहट । सरकारले उमेर हद लागु गरेपछि रौतहटमा हुलाक कार्यालयहरुमा कार्यरत ३७ जना कर्मचारी अवकास भएका छन् ।
जिल्ला हुलाक कार्यालय रौतहटले बिहीवार एक कार्यक्रमबिच अवकाश प्राप्त ३७ जना अतिरिक्त हुलाक कार्यलयका कर्मचारीलाइ सम्मान सहित बिदाई गरेको छ ।
जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख एवं हुलाक अधिकृत देवनाथ यादव र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुबै जना संयुक्त रुपमा जिल्ला हुलाक कार्यालय गौर र विभिन्न पालिकामा सञ्चालित हुलाक कार्यालयमा कार्यरत ५८ वर्षभन्दा माथी उमेरका ३७ जना कर्मचारीहरुलाई टिका माला लगाइ बिदाई गरेका छन् ।
पहिला पहिला अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको उमेरको हद नभएकोले ७७ वर्षको मान्छे पनि कर्मचारी भइ काम गर्दै आइरहेका थिए ।
तर केहि महिना अघि नयाँ नियमावलीमा सरकारले अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको उमेर हद ५८ वर्ष मात्र तोकेकोले ५८ वर्ष भन्दा बढी उमेर भएका ३७ जना कर्मचारी एकै पटक रौतहटबाट बिदाई भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुको उक्त पद स्वत खारेज भइ जाने ब्यवस्था समेत नियमावलीमा उल्लेख गरिएकोले अवकाश प्राप्त कर्मचारीहरुको पद समेत खारेज भएको कार्यालय प्रमुख यादवले बताए ।
कार्यक्रममा हुलाक कार्यालय गौरका प्रमुख यादव र सिडिओ रेग्मीले सम्मानपत्र सहित उनिहरुलाई टिका, माला र गम्छा ओढाएर सम्मानपूर्वक बिदाई गरेका छन् ।