काठमाडौं – सिन्धुपाल्चोकमा पछिल्लो दिनहरुमा पानी परिरहेको छ । यसैबीच आज बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ६ रेक्टरस्केलको रहेको जनाइएको छ ।
बिहान भूकम्प जानुअघि रातभर सिन्धुपाल्चोकमा पानी परेको थियो । सिन्धुपाल्चोकमा पहिरो बढी जाने जोखिम भएकै क्षेत्रमा भूकम्पको केन्द्रविन्दू भएको हो ।
सिन्धुपाल्चोकमा पछिल्लो केही समय पहिरो जाँदा मानिसहरुले ज्यान गुमाइरहेका छन् । यो भूकम्प २०७२ साल वैशाख १२ गते गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।क्यानाडानेपाल