रौतहटको प्रमुख जिल्ला अधिकारीमा उमेश बस्नेत

1400

रौतहट २५ साउन । रौतहट जिल्लाको प्रमुख पद सम्हाल्न नया अधिकारी आउनु भएको छ । रौैतहट जिल्लालाई सुशासन र अमर चयन शान्ति कायम गर्नको लागी प्रमुख जिल्ला अधिकारीको रुपमा उमेश बस्नेतले कार्यभार सम्हाल्नु भएको छ । रौतहटमा खुल्ला सिमा नाकाबाट अबैध भन्सार छलिका विभिन्न घटना हुदै आएको छ । मुलुक नै कोरोना संकटले रौतहट पनि चपेटामा परेको छ । बस्नेतकोे आगमनसंगै रौतहटले स्वरुपमा परिवर्तन गर्नेमा रौतहटबासीले अपेक्षा गरेका छन । तत्कालिन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पनि रौतहटमा आफ्नो कौशलता पुर्वक कार्य गर्दै आउनु भएको थियो । घिमिरेका अपुरा कार्यहरुलाई बस्नेतले पुरा गराउनेमा जिल्ला समन्वय समितिका सभापति राम एकवाल यादवले प्रतिक्रिया दिनु भएको छ । रौतहटमा बिशेष गरि चोरी निकासीका घटनाहरु घटने गरेका छन । यसको नियन्त्रण र निगरानीमा ध्यान दिनु पर्नेमा स्थानिय नागरिको भनाइ रहेको छ । बर्षातको समय भएकाले रौतहत बाढीको उच्च जोखिममा रहेको छ त्यसतर्फ पनि बस्नेतको ध्यान जानु पर्नेमा गौरका नेकपा नेता शम्भु शाहले सुझाव दिनु भएको छ । विलक्षण प्रतिभाका धनी रौतहटमा सुशासन अमन चयन शान्ति कायम हुनेमा दुई मत नरहेको रौतहट नागरिक समाजले जनाएको छ ।