स्वास्थ चौकी भवन निर्माणका लागि शिलान्यास

1918

राैतहट । गौर नगरपालिका वडा नं. १ मा स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भवन शिलान्यास गर्दै भौतिक पूर्वाधारले अबको स्वास्थ्यकाे विकासमा दुख नहुने बताउँदै गुणस्तर कायम गर्न सक्दा मात्र स्वास्थ्य चाैकी हुनेमा जोड दिनुभयो । गौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भरत साहको विशेष पहलमा स्वास्थ्य चाैकी शिलान्यासकाे लागि निमार्णा गरेकाे भवन छिटाे बन्दा नगर प्रमुख गुप्ताले बर्तमान सरकारले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता संग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

बिहीबार वडा १ नं. वडामा स्वास्थ चौकी भवन निर्माणका लागि शिलान्यास भएको छ । जग्गामा स्वास्थ चौकी निर्माण गर्न लागिएको भवनको गौर नगरपालिकाको लोकप्रिय नगर-प्रमुख अजय कुमार गुप्ताले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमपछि बोल्दै मेयर गुप्ताले — गएको बिगत बर्षको तुलनामा महसुस हुने प्रगति भएको बताउनुभयो ।

नागरिकका चाहनाअनुसारक अझ पनि धेरै काम गर्न बाँकी छ । यो क्रमागत पद्धति हो । जनतालाई केन्द्रमा राखेर हामी रात दिन काम गरिरहेका छौं । गौर-१ का नगरवाँसीहरुले मंगलमय शुभकामना ज्ञापन गर्नुभएका छन्।

कार्यक्रममा वडा अध्यक्ष शेख जमसैद, राकेश झा, रामस्वार्थ यादव, श्यामसुन्दर पटेल , जर्नाधन साह, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्की , विशलेषक चिरंन्जीबी सिंह,ओमप्रकाश साह मधेशीया , पत्रकार समाजसेवी, विधालयका शिक्ष शिक्षिका तथा विधार्थीहरुको सहभागीता रहेको थियो ।